हालसम्म ३ सय ३६ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ३ सय ३६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १ सय ५२, नेकपा एमालेले ९५, नेकपा माओवादी केन्द्रले ७३, नेकपा एकीकृत समाजवादीले ५ र अन्यले ११ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी वडा अध्यक्ष पदमा नेपाली काँग्रेस १ हजार ७ सय ११, नेकपा एमाले १ हजार ३ सय १८, नेकपा माओवादी केन्द्र ७ सय ३७, जनता समाजवादी पार्टी १सय १३४ र अन्य ३ सय ४५ गरी ४ हजार २ सय २४जना विजयी हुनुभएको आयोगले जनाएको छ ।
सम्बन्धित विवरण अपडेट
निर्वाचन आयोगद्वारा जारी बिवरणका लागि यहाँ क्लिक गर्नुहोस :










प्रतिक्रिया राख्नुहोस्