चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका सापकोटा विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर विजयी हुनुभएको हो ।

प्रतिस्पर्धी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत ल्याउँदा सापकोटा ४ हजार ३ सय ३१ को अत्यधिक मतान्तरका साथ विजयी हुनुभयो ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापा ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुनुभयो । प्रतिस्पर्धी नेकपा एमालेकी बालकुमारी सापकोटाले ६ हजार ५ सय ११ मत ल्याउनुभयो ।
चौतारामा माओवादी र समाजवादीबिच चुनावी तालमेल भएको थियो। ०७४ सालको निर्वाचनमा पनि माओवादीले जितेको थियो।
इन्द्रावती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
त्यसैगरी इन्द्रावती गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेका तर्फबाट उम्मेदवार रहेका झम्कनाथ नेपाल विजयी हुनुभएको हो ।
नेपाल ७१२७ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार विकासले लामा ६१५२ मत ल्याउनुभएको थियो ।
उपाध्यक्षमा पनि एमालेकै शोभना तामाङ निर्वाचित हुनुभएको छ । उहाँले ६५१३ मत ल्याउनुभयो । काँग्रेसकी दयाकुमारी मिश्र ६४६३ मत ल्याउँदै दोस्रो हुनुभयो ।








प्रतिक्रिया राख्नुहोस्