तपाईँ सुन्दै हुनुहुन्छः

गोलन्जोर गाउँपालिका अध्यक्षमा एमालेका बराल विजयी

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार पुष्प बहादुर कार्कीलाई पछि पर्दै नेकपा एमालेका उम्मेदवार शङ्करराज बरालले विजय हासिल गर्नुभएको छ ।

बरालले ४७४४ मत ल्याएर विजय हासिल गर्नुभएको हो । प्रतिद्वन्द्वी उम्मेदवार कार्कीले ४४६३ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा भने गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका ज्वाला प्रसाद न्यौपाने ४२४२ मतले विजय हुनुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेकी ममता देवकोटाले ३८३८ मत पाउनुभयो ।

गोलन्जोर गाउँपालिकाको १ र ३ नम्बर वडामा नेकपा माओवादी केन्द्र, २,४ र ६ नम्बरमा नेपाली काँग्रेस तथा ५ र ७ नम्बर वडामा नेकपा एमालेले जित हासिल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button