छायाँनाथ रारा नगरपालिकाको प्रमुख र उप प्रमुखमा काङ्ग्रेस विजयी
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार विष्णुकुमार भाम ४ हजार ५ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका डम्बर बहादुर रावलले ३ हजार ८ सय ६० मत प्राप्त गर्नुभयो ।
यसैगरी उपप्रमुखमा नेपाली काङ्ग्रेसकै ऐश्वर्य मल्लले ४ हजार ३ सय २५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकै टोमा लामाले ३ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्