तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै 

टीकापुर कैलाली । कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ । 

मतगणनाको सुरुवातीदेखि नै अग्रता लिएको नागरिक उन्मुक्त पार्टीले अहिले पनि अग्रता कायमै राखेको हो । 

३१ हजार २९४ मत खसेको नगरपालिकामा १८ हजार ८६५ मत गणना हुँदासम्म नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारुले प्रमुखमा अग्रता कायमै राख्नु भएको छ । 

उहाँ अहिले ६ हजार, १४० मतसहित अगाडी हुनुहुन्छ भने उहाँलाई गठबन्धनबाट नेपाली काँग्रेसका नवराज रावलले ३ हजार ९२६ मतसहित पछ्याइरहनुभएको छ । 

यस्तै उप–प्रमुखमा पनि नागरिक उन्मुक्ति पार्टीकै उल्का विश्वकर्माको अग्रता कायमै छ । विश्वकर्मा ४ हजार ९५५ मतसहित अगाडी हुनुहुन्छ भने उहाँलाई गठबन्धनबाट माओवादी केन्द्रका खडकबहादुर शाहले ४ हजार ८७१ मतसहित पछ्याइरहनुभएको छ ।  

नेकपा एमालेका श्याम खत्रीले २ हजार ९०८ र उपमा केसीले २ हजार ३३१ मत प्राप्त गर्नुभएको छ । 

टीकापुर नगरपालिकामा अव १२ हजार ४२९ मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अहिले वडा नम्बर १ को मतगणना जारी रहेको छ । वडा नम्बर १ मा नेकपा एमालेले अग्रता लिइरहेको छ । वडा नम्बर २ र ६ को भने मत गणना हुन बाँकी नै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button