पाँचथर मिक्लाजुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका माखिम विजयी
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमर राज माखिम निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार नरेन्द्र कुमार बस्नेत २ हजार ३९ मतले पछि पार्दै माखिम विजयी हुनुभएको हो ।
गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार माखिमले ६ हजार ६ सय ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै पालिका उपाध्यक्षमा नेपाली काँग्रेसका सन्त कुमार शेर्मा विजयी हुनुभएको छ ।
नेकपा एमालेकी धनमाया सारुलाई २ हजार १ सय ७० मतले पछि पार्दै शेमा विजयी हुनुभएको हो । सन्त कुमार शेर्माले ५ हजार ५ सय ४२ मत प्राप्त गर्दा धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्