तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती सोनारीका सबै वडा हारेर पनि काँग्रेसले जोगायो विरासत

बाँके । राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तप्त पौडेल निर्वाचित हुनुभएको छ । ९ वटा वडा रहेको पालिकामा कुनै पनि वडामा उम्मेदवार नजिते पनि अध्यक्ष र उपाध्यक्षमा भने विजयी हुन सफल भएका हुन । 

नेकपा माओवादी केन्द्रका पट्टु थारुलाई ८ सय २० मतको अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो । पौडेलसँगै उपाध्यक्षमा पनि काङ्ग्रेसकै मनीषा सिंह थारु निर्वाचित हुनुभयो  ।    कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरी निर्वाचित हुनुभयो  ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गर्नुभयो  । यस्तै नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गर्नुभयो   ।   

उपाध्यक्षमा मनीषा सिंह चौधरीले नेकपा एमालेकी चमेली बागवानलाई ७८६ मतान्तरले पराजित गर्नुभयो । मनिषाले १०१३४ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी बागवानले ९३४१ मत प्राप्त गर्नुभयो । यसैगरी माओवादी केन्द्रकी मञ्जु रोकायले ८७९३ मत ल्याउनुभयो ।     

कुल ९ वटा वडा रहेको उक्त गाउँपालिकामा काँग्रेसले कुनै पनि वडा अध्यक्ष र वडा सदस्य जित्न सकेनन् । २०७४ मा काँग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ५ वडा वडा जितेको थियो । उक्त गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमाले ,वडा नम्बर ६ मा भने राप्रपा र वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button