तपाईँ सुन्दै हुनुहुन्छः

बुढानीलकण्ठमा एमाले अगाडी

बुढानिलकण्ठ । बुढानिलकण्ठ नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारीले ८ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद चालिसेले ७ हजार १ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेका अनिता लामाले ८ हजार ६ सय ३७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका रमिला वाग्लेले ७ हजार ५ सय ८४ मतका उहाँलाई पछ्याइरहनुभएको छ ।बुढानिलकण्ठ नगरपालिकामा हालसम्म १९ हजार ५ सय ५५ मत गणना भएको छ भने बदर मतको सङ्ख्या १ हजार ६ सय ८१ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button