तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको रैनादेवी छहराको अध्यक्ष, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

पाल्पा।पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमागठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी भएका काँग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाउनुभयो ।यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका युवराज थापाले ६ हजार ३ सय ७ मत प्राप्त गरी विजयी बन्नुभयो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत पाउनुभयो । रैनादेवी छहरामा आठ वडामध्ये दुई/दुई वडामा एमाले र माओवादी विजयी भए भने चार वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए ।रैनादेवी छहराको सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी बने भने एमालेले छहरा र सत्यवतीमा जितेको छ ।

सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । रैनादेवी छहरामा २०७४ सालको निर्वाचनमा कांग्रेस एक्लैले ६ वडा जितेको थियो भने माओवादी र एमालेले एक/एक वडा जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button