तपाईँ सुन्दै हुनुहुन्छः

प्युठान नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

प्युठान । प्युठानको प्युठान नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्युठान नगरपालिकाको प्रमुखमा र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्युठान नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु योगी र उपप्रमुखमा नेपाली काँग्रेसका देवेन्द्र बर्मा विजयी हुनुभएको हो ।

प्रमुख पदमा योगीले नौ हजार ३२३ मत प्राप्त गर्दा एमालेका विजयविराज विष्टले सात हजार ८१६ मत प्राप्त गर्नुभयो । यस्तै उपप्रमुख बर्माले नौ हजार ४९० मत प्राप्त गर्दा नेकपा एमालेकी पवित्रा जिशीले सात हजार १८२ मत प्राप्त गर्नुभयो ।

प्युठानमा अहिलेसम्म एक नगरपालिकासहित पाँच स्थानीय तहको निर्वाचन मतगणना परिणाम सार्वजनिक भइसकेको छ । र स्वर्गद्वारी नगरपालिका, झिम्रुक गाउँपालिका, नौवहिनी गाउँपालिका र गौमुखी गाउँपालिकाको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button