पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी

पाल्पा।पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजयी हुनुभयो ।
कार्कीले ५ हजार ७ सय ४ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टिकाराम अर्यालले बताउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले ४ हजार ७ सय २६ मत प्राप्त गरी उपविजयीमा सीमित बन्नुभयो । पाँच दलीय गठबन्धनका तर्फबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा विजयी नेपाली काँग्रेसकी कान्ता अधिकारीले ५ हजार ४ सय ७९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लक्ष्मी खनालले ४ हजार ९ सय २६ मत प्राप्त गर्नुभयो । २०७४ सालको निर्वाचनमा रिब्दीकोट गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।
१६ हजार ३ सय ९५ मतदाता रहेको रिब्दीकोट गाउँपालिकामा ११ हजार २ सय ५९ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्