इटहरीमा गठबन्धनबाट उम्मेदवारी दिएका काँग्रेसका पौडेलको अग्रता
सुनसरी । सुनसरीको इटहरीमा गठबन्धनबाट उम्मेदवारी दिएका काँग्रेसका हेमकर्ण पौडेलले अग्रता कायमै राखेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले हालसम्म इटहरी १ र २० को अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ । दुवै वडामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
इटहरी १, २, ३, १९ र २० को मतगणना हुँदा हालसम्म मेयरमा हेमकर्ण पौडेलले १,४६९ मतको अग्रता पाएका छन् ।
उनले ६,८८२ मत प्राप्त गर्दा नेकपा एमालेका यामकुमार सुब्बाले मेयरमा ५,४१३ मत प्राप्त गरेका छन् ।
अहिले इटहरी ४ र १७ को मतगणना सुरु गरिएको छ । हाल इटहरी २, ३, १९, १७ र ४ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्