सर्लाहीको रामनगरमा सर्लाहीकै सबैभन्दा कान्छो अध्यक्ष निर्वाचित
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले खाता खोलेको छ ।
रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजाबाबु यादव विजयी भएका छन् । यादव २२ वर्षीय युवक हुन ।

यादव ४ हजार ८१ मत ल्याएर विजयी भएका रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव तिमल्सिनाले जानकारी दिनुभयो । यादवका निकटतम प्रतिद्वन्द्वी आफ्नै काका नेपाली काँग्रेसका उम्मेदवार हरि नन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवीले ३५२३ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत प्राप्त गरिन् ।
राजाबाबु माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुन् ।








प्रतिक्रिया राख्नुहोस्