तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङको बराहापोखरी गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

खोटाङ । जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी हुनुभएको छ । 

नेकपा (एमाले)का गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो । 

बञ्जराले तीन हजार १८१ मत ल्याएर विजयी हुँदा मगरले दुई हजार ३३० मत ल्याउनुभएको छ ।

 त्यस्तै नेकपा ९एकीकृत समाजवादी०का भूवलराज राईले दुई हजार ५९४ मत ल्याएर उपप्रमुखमा विजयी हुनुभएको छ । राईका निकटतम् प्रतिद्वन्द्वी एमालेका जीवनकुमार राईले दुई हजार २९५ मत ल्याउनुभएको निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिनुभयो । 

छ वडा रहेको यस गाउँपालिका–१ बराहपोखरीमा कांग्रेसका ढकबहादुर कार्की, २ मा माओवादी केन्द्रका पदम मगर, ३ मा एमालेका ताराकान्त राई, ४ मा कांग्रेसका सन्तोष आचार्य, ५ मा एमालेका फौदराज राई र ५ मा माओवादीका दुर्गाबहादुर राई विजयी हुनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button