तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्र र उपाध्यक्षमा एमाले  विजयी 

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका माओवादी नेता रामदत्त जोशी अध्यक्षमा विजयी हुनुभएको छ  ।

एमाले नेता परमानन्द जोशीलाई पराजित गर्दै उहाँ लेकम गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार काङ्ग्रेस नेतृ सुना जोशीलाई पराजित गर्दै एमाले उम्मेदवार माधवी जोशी विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी हुनुभएका रामदत्त जोशीले दुई हजार ९७६ मत प्राप्त गर्दा एमालेका परमानन्द जोशीले दुई हजार ४४५ मत प्राप्त गर्नुभयो । जोशी ५ सय ३१ मतान्तरले विजयी हुनुभएको हो । यस्तै उपाध्यक्षमा विजयी माधवी जोशीले दुई हजार ६ सय ८५ मत प्राप्त गर्दा काङ्ग्रेसका सुना जोशीले दुई हजार ५ सय ५४ मत प्राप्त गर्नुभयो ।  एमालेका माधवी जोशी १ सय ३१ मतान्तरले विजयी हुनुभएको हो । 

गठबन्धनलाई पराजित गर्दै वडा नम्बर १, ३, ५ र ६ मा नेकपा एमालेले वडामा जित हासिल गरेको छ भने वडा नम्बर २  र ४  मा नेपाली कांग्रेस  विजय भएको छ । अध्यक्षमा पराजित जोशी  निवर्तमान गाउँपालिका अध्यक्ष  तथा विजयी जोशी  २०७४ सालको स्थानीय तह निर्वाचनका समेत प्रतिस्पर्धी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button