लालझाडी गाउँपालिकामा एमालेका राना विजयी

कञ्चनपुर। कञ्चनपुर जिल्लामा पहिलो पटक एउटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको लालझाडी गाउँपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ ।
एमालेका तर्फबाट निर्मल रानाले ४ हजार ५सय १६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका मदन सेन वडायकले २हजार ८ सय ५८ मत प्राप्त गर्नुभयो त्यसैगरी उपाध्यक्ष पदमा पनि एमालेका उम्मेदवार सपना चौधरी ३५६१ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका राधा रानाले ३४९३ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्