तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकाको मत गणना रोकियो

चितवन । भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । 

मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । मतपत्रमा छाप स्पष्ट नहुँदा सदर कि बदर भन्ने विषयमा विवाद भएको छ ।

५ हजार १ सय ७७ मतगणना सकिँदा मेयर पदका उम्मेदवार रेनु दाहालले १ हजार ८६६ मत ल्याइ अग्रता कायम राख्नुभएको छ  । यस्तै विजय सुवेदीले १ हजार ८१४ मत प्राप्त गर्नुभएको छ  । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६१९ मत पाउनुभएको छ । 

यस्तै, उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाउनुभएको छ । उहाँले २हजार ५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ४५१ मत प्राप्त गर्नुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button