इलाम नगरपालिका २ मा नेकपा एमाले प्यानल विजयी
इलाम । इलाम नगरपालिका २ मा नेकपा एमाले प्यानल विजयी भएको छ । वडा अध्यक्ष गिरिराज रिजालले ७२४ मत सहित विजयी बन्नु भएको छ । निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गर्नु भएको छ । सदस्यहरु शेर बहादुर खालिङ राई , राजेन देवान , महिला सदस्य मिना दाहाल , दलित महिला सदस्य सरिता दियाली निर्वाचित भएका छन् । इलाम ।
इलाम नगरपालिका १२ मा काँग्रेसको प्यानल विजयीइलाम नगरपालिका १२ मा काँग्रेसको प्यानल विजयी
माङसेबुङ गाउँपालिका १ को वडाध्यक्षमा एमालेका गठबन्धनबाट माओवादीका भूपाल योङहाङ विजयी
इलाम नगरपालिका १२ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा लाखमान लिम्बूले १ हजार २ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नवीनकुमार लिम्बूले ९ सय २० मत ल्याए । महिला वडा सदस्यमा बिबी लिम्बू (१०२२), दलित महिला सदस्य कुमारी ल्वागुन (१०३६), वडा सदस्यद्वयमा टीकबहादुर एक्तेन (१००८) र नेत्रप्रसाद घिमिरे (१००७) विजयी भएका छन् ।
एमालेका गठबन्धनबाट माओवादीका भूपाल योङहाङ वडा अध्यक्षमा विजयी बनेका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनबाट काँग्रेसका उम्मेदवार भक्तराज लिम्बूलाई १ सय ३३ मतान्तरले पराजित गर्दै योङहाङ विजयी भएका हुन् । योङहाङले ७ सय ७३ मत पाएका थिए भने उनका प्रतिस्पर्धी लिम्बूले ६ सय ४० मत पात्र पाएका थिए । लिम्बू निवर्तमान वडा अध्यक्ष हुन् । सदस्यहरूमा भने दुवै गठबन्धनका मिश्रित परिणाम आएको छ । महिला सदस्यमा महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन ७ सय १३ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी काङ्ग्रेसकी कृष्णमाया कार्कीले ४ सय ४८ मत पात्र पाएकी थिइन् ।दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती ७ सय ६ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी काङ्ग्रेसकी टीका लुहागुनले ६ सय ४८ मत पात्र पाएकी थिइन् ।सदस्यमा भने कांग्रेस र जसपाका विजयी भएका छन् ।काँग्रेसका ठगबहादुर श्रेष्ठ ६ सय ९० र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू ‘रोचक’ ६ सय ८५ मतका साथ विजयी भए ।








प्रतिक्रिया राख्नुहोस्