जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजको अग्रता कायमै

जनकपुरधाम, जेठ १ । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएको मनोज कुमार साहको अग्रता कायमै रहेको छ ।
स्वतन्त्र उम्मेदवार साहले १ हजार २ सय ६४ मत सहित अगाडी रहनु भएको छ भने उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ६ सय ३८ मत प्राप्त गर्नु भएको छ । यसै गरी अर्का मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गर्नु भएको छ ।
यसै गरी उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी साहले १ हजार ३ सय ६२ मत सहित अग्र स्थानमा रहनु भएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याउनु भएको छ । उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गर्नु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडा मध्ये २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा निक्कै ढिलाइ हुने अवस्था रहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा निक्कै सुस्त गतिमा मतगणना कार्य भइरहेको छ ।
धनुषामा रहेका १८ पालिका मध्ये अधिकांश पालिकाहरुमा काँग्रेसले अग्रता लिएको छ भने १ वटामा राप्रपा, २ वटामा जनता समाज समाजवादी पार्टी, १ वटामा नेकपा एमाले, १ वटामा लोसपाले अग्रता कायम गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्