मुगुका विजयी उम्मेदवारको मत परिणाम
मुगु । मुगुका ४ ओटा स्थानीय निकायका ४५ वडा मध्ये ३ ओटा स्थानीय निकायका ४ ओटा वडाहरूमा मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
जस अनुसार छायाँनाथरारा नगरपालिका वडा नं १ मा वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार पद्मराज मल्ल २५७ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मल्लले २३९ मत प्राप्त गर्नु भएको छ । यसै गरी छायाँनाथरारा नगरपालिका वडा नं १४ मा नेपाली काङ्ग्रेसकै उम्मेदवार जुनबहादुर खड्काले ४०२ मत नन्दलाल बढुवालले २७३ मत प्राप्त गर्नु भएको छ ।
मुगुकै खतेड गाउँपालिका वडा नं १ को अध्यक्षमा काङ्ग्रेस, माओवादीका साझा गठबन्धनका उम्मेदवार सिंह बहादुर बुढा २०१ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकट्म् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले १७५ मत प्राप्त गर्नु भएको छ । यसैगरी मुगुमा कार्मारोङ् गाउँपालिका वडा नं ९मा वडा अध्यक्ष पदका उम्मेदवार नेकपा एमालेका रत्न बुढाले ३१७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्धोन्दी गठबन्धनका साझा उम्मेदवार भान बुढाले २१४ मत प्राप्त गर्नु भएको छ ।
मत गणना गरिएका छायानाथ रारा नगरपालिका वडा नं १ र १४ मा प्रमुख र उपप्रमुख पदमा काङ्ग्रेसकै अग्रता रहेको छ भने कार्मारोङमा गाउँपालिका वडा नं ९ मा प्रमुख र उपप्रमुख पदमामा एमालेको अग्रता रहेको छ । खतेड गाउँपालिकामा गठबन्धनको अग्रता देखिएको छ । सोरूँ गाउँपालिकामा अहिले बिहान ९ बजे बाट मतगणना सुरु गरिने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्