झापामा एमाले र कांग्रेस तीन–तीन वडामा विजयी
झापा । झापामा एमाले र कांग्रेस तीन–तीन वडामा विजयीरोहित काफ्लेभद्रपुर, झापा । स्थानीय तह निर्वाचनअन्तर्गत झापामा भइरहेको मतगणनाको नतिजा अनुसार ६ वटा वडाको परिणाम घोषणा भएको छ ।प्रमुख निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार घोषित परिणाम अनुसार तीन वटा वडामा नेकपा एमालेका उम्मेदवार र तीन वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
जिल्लाको सदरमुकाम रहेको भद्रपुरको वडा नं १ मा वडाध्यक्षका उम्मेदवार एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएका छन् भने शिवसताक्षी १ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङको प्यानलसहित र दमक नगरपालिका १ मा एमालेका हरिप्रसाद न्यौपानेको प्यानल विजयी भएको छ ।काँग्रेसका उम्मेद्वारहरु बाह्रदशी १ मा टेकबहादुर सिंह राजवंशी नेतृत्वको प्यानल, कमल गाउँपालिका १ मा केदार कटुवाल नेतृत्वको प्यानल र कचनकवल १ मा महावीर लिम्बू नेतृत्वको प्यानल निर्वाचित भएको हो ।झापामा अहिले मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाको मतगणना स्थगित छ ।
गएराति प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि मतगणना स्थगित भएको थियो । दुवै पालिकामा अहिले सर्वदलीय बैठक बस्तै छ । सहमतिपछि मतगणना सुचारु हुने बताइएको छ । अन्य पालिकाहरूको मतगणना जारी छ । मतगणनाको पछिल्लो विवरण अनुसार झापामा ७ वटा पालिकामा कांग्रेस, ६ वटा पालिकामा एमाले, एउटा पालिकामा राप्रपा र एउटा पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्