तपाईँ सुन्दै हुनुहुन्छः

घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

दाङ । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिनुभएको छ । 

घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) बाट प्रमुख पदमा उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका भुपबहादुर डाँगीले १८० मत र नेकपा(एमाले)का उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गर्नुभएको छ । 

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा वडा नं १४, १८ र १९ को मतगणना भइरहेको छ ।

घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९  अर्थात्  ६७।७६ प्रतिशत मत खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button