बागलुङको ताराखोला गाउँपालिका–५ मा माओवादी केन्द्रका रोका विजयी

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका मन बहादुर रोका ८ सय ५४ मतले विजयी हुनुभएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका रोका विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गर्नुभएको छ ।
वडा अध्यक्षमा रोकासँगै गठबन्धन प्यानलबाटै खुल्ला महिला सदस्यमा माओवादी केन्द्रका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादी केन्द्रकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली काँग्रेसका तारानाथ कँडेल, खुल्ला सदस्यमा माओवादी केन्द्रकै चन्द्रा रोका विजयी हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्