भरतपुरमा मतगणना सुरु

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु गरिएको छ ।
भरतपुर महानगरपालिकाका २९ वटा वडा छन । आज बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि आन्तरिक व्यवस्थापन , उमेद्वारहरुको प्रतिनिधि उपस्थित हुन ढिलो भएपछि ११ बजेर ५३ मिनेटबाट शुरु गरिएको छ । महानगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन कार्यालय , भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले सो वडाका तीनवटा मत पेटिकाबाट मत खन्याएर मतगणना कार्य सुरु गर्नुभएको हो ।
यो वडामा कुल ५०७६ मतदाता मध्ये ३ हजार २७६ मत खसेको थियो । वडा नम्बर को मत परिणाम सकिने बित्तिकै क्रमश २,३,४ वडाको गरी मतगणना सुरु गरिने पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्