तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरको वडामा मतगणना सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ ।

महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८(६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button