खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ ।
एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित हुनुभएको हो ।
त्यस्तै, चार जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
वडामा जम्मा ७४६ मत खसेको थियो ।
गाउँपालिका अध्यक्षमा हाल सम्मको मत परिणाम अनुसार एमालेका लोकेन्द्र सिंहको २६१ नेपाली काँग्रेसका उत्तम रोकायाको ४०४ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्