तपाईँ सुन्दै हुनुहुन्छः

मतदान उत्साहपूर्ण रूपमा सम्पन्न: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको बताउनुभएको छ।

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान कार्य सकिए लगत्तै प्रधानमन्त्री देउवाले प्रेस विज्ञप्ति जारी गर्नुभई सार्वभौम नेपाली नागरिकले देखाउनुभएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गर्नुभएको छ।

File Photo

प्रधानमन्त्रीले देउवाले शान्तिपूर्ण एवम् भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मतदान कार्यमा अहोरात्र खटिनुभएका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूप्रति पनि प्रधानमन्त्री देउवाले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button