कटारीमा गोली चल्दा एकको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्दा एक किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रवार दिउँसो प्रहरीले हवाई फायर गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पुष्टि गरे पनि मृत्युबारे केही बताएनन् ।
हवाई फायरमा १८ वर्षीय वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको छ भने १३ वर्षीय मोहन श्रेष्ठ घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रजिअ यादवले बताए ।








प्रतिक्रिया राख्नुहोस्