सप्तरीको डाक्नेश्वरी–२ मा मतदान स्थगित
सप्तरी । स्थानीय तह निर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान स्थलमा तोडफोड भएको छ भने मतदान अधिकृतमाथि कुटपिट भएको छ ।
वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिहरूले मतपेटिका तोडफोड गरेका छन् । उनीहरूले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेका हुन ।
कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताउनुभयो । यादवलाई उपचारको लागि राजविराज पठाइएको छ भने घटनापछि तत्काललाई मतदान स्थगित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्