सुनसरीका सबै पालिकामा मतगणना स्थल तयार
सुनसरी । सुनसरीका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणना स्थल तयार भएका छन् ।

चुनावको मतगणनाका लागि सुनसरी जिल्लाका २ उपमहानगरपालिका, ४ वटै नगरपालिका र ६ वटा गाउँपालिका सहित १२ वटै स्थानीय तहमा तार जालीले बारी सिसिटिभी जोडेर ठाउँ बनाइएको हो ।
मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको, सबै मतगणना स्थलको निगरानी र दृश्य भण्डारणका लागि सिसिटिभी क्यामेरा जडान गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय कुमार मिश्रले बताउनुभयो ।

मतगणना स्थलमा गेटभन्दा बाहिर दलका प्रतिनिधि र उम्मेदवार बस्ने तथा भित्रको खाली ठाउँमा मत गणना गर्ने ठाउँ बनाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय कुमार मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्