इलाममा दुई जना क्रियापुत्रीद्वारा मतदान
इलाम । इलामको माईजोगमाई गाउँपालिकामा दुई जना क्रियापुत्रीले मतदान गरेका छन् ।
माईजोगमाई गाउँपालिका १ प्रेमेजुङका तोया दाहाल र प्रेम सागर दाहाल बुबाको निधन भएपछि क्रियापुत्री भएर काम गरिरहेको अवस्थामा मतदानमा सहभागी भएका हुन ।

दाहाल दाजुभाइले माईजोगमाई गाउँपालिका १ स्थित शिवमाई मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । छ दिन अघि बुबाको निधन भएपछि दाहाल दाजुभाइ बुबाको काज किरियामा छन् ।
घर नजिकको सरकार स्थानीय प्रतिनिधि छनौट गर्ने आफ्नो अधिकार भएकोले आफूहरू शोकको घडीमा पनि मतदान प्रक्रियामा सहभागी भएको उनीहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्