स्याङ्जामा ६० प्रतिशत मत खस्यो
स्याङ्जा । स्याङ्जामा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार जिल्लामा साढे ३ बजेसम्मको अवधिमा ६० प्रतिशत मत खसेको हो ।

जिल्लामा बिहान ७ बजेबाट निर्वाचन सुरु भएको थियो । गल्याङ नगरपालिका ५ को स्याबासस्थिति सत्य शिला माध्यमिक विद्यालय ख मतदान केन्द्रमा माओवादी र काँग्रेसका कार्यकर्ताबिच झडप भई केही समय मतदान रोकिए पनि अहिले पुन सुचारु भएको गल्याङका निर्वाचन अधिकृत काशीराम गैह्रेले जानकारी दिनुभयो ।
जिल्लाको उक्त घटना बाहेक निर्वाचनका क्रममा अन्य कुनै धाँधलीका घटना अहिलेसम्म भएका छैनन् । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा १ लाख २३ हजार ८ सय ६८ महिला र १ लाख १६ हजार ६ सय ६६ पुरुष मतदाता रहेका छन् । जिल्लाभर १ सय ९९ मतदान स्थल, ३ सय १८ मतदान केन्द्रहरूमा मतदान कार्य जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्