तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा ५० प्रतिशत मत खस्यो, मतदान जारी

इलाम । इलाम जिल्लाको १० वटै पालिकामा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनुभएको छ ।

जिल्लाभर ५० प्रतिशत मत खसेको इङनामले जानकारी दिनुभयो । मतदाता उत्साहका साथ आफ्नो नजिकको सरकार चयनको लागि मतदानमा सहभागी भइरहेका छन् । मतदान प्रक्रियामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक सबैको उत्साहजनक सहभागिता छ ।

जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि राम्रो रहेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताउनुभयो । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा धमाधम मतदान भइरहेको हो । जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ८१ वटा वडामा मतदान भइरहेको छ ।

निर्वाचनबाट ४ सय २५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । जसमध्ये ५ जना सदस्य निर्विरोध भइसकेका छन् । ४ सय २५ जनाको लागि १ हजार ३ सय १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन् । जसमध्ये पुरुष १ लाख १५ हजार ५ सय ५४ जना र महिला १ लाख ९ हजार १ स ९२ महिला रहेका छन् भने २ जना अन्य छन् । जिल्लाभर १ सय ५१ वटा मतदान स्थल र २ सय ८५ वटा मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button