तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा मध्यान्हसम्म ५० प्रतिशत मत खस्यो

कास्की । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत कास्कीमा मध्यान्ह सम्ममा ५० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदाताहरू मतदानका लागि पुगेका थिए । कास्कीमा मध्यान्ह सम्म ५० प्रतिशत मत खसेको निर्वाचन आयोग कास्कीले जानकारी दिएको छ ।

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोग कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । निर्वाचनमा नयाँ मतदाता तथा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको छ ।

कूल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् । माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button