तपाईँ सुन्दै हुनुहुन्छः

भोट हाल्न आएका व्यक्तिको मृत्यु

सीपी लोहिया, बैतडी : बैतडीको पाटन नगरपालिका ६ मा मतदान गर्न आएका एक बृद्धको मृत्यु भएको छ ।

पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिँह बिष्टको मृत्यु भएको छ । उनलाई स्टेचरमा बोकेर मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको आफन्त बसन्तप्रकाश बिष्टले जानकारी दिनुभयो ।

यस अघि दोगडाकेदार ३ का ८४ बर्सिय हरिसिह भाटको भोट हालिसकेपछी मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button