तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसभामुख महरा पुनद्वारा मतदान

रोल्पा: नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले मतदान गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रोल्पा नगरपालिका–१ बामरुकस्थित तारा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । उक्त नगरपालिकामा अघिल्लो निर्वाचनमा माओवादीले चुनाव जितेको थियो ।

पूर्व सभामुख ओनसरी घर्ती र नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पनि मतदान गर्नुभएको छ । उहाँहरुले रोल्पा नगरपालिका–७ माडिचौरस्थित बालउदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो । उहाँहरुको उक्त मतदान केन्द्रमा पहिलो पटक मतदान गर्नुभएको हो ।

त्यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा नगरपालिका–६स्थित कोटगाउँमा मतदान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button