वरिष्ठ नेता पौडेलद्वारा मतदान
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो‘सङ्घीयता विकासका लागि फलदायी भएको छ ।’
यसैगरी नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि रूपन्देहीको बुटवल ८ सडक डिभिजन कार्यालयको बुथबाट मतदान गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्