तपाईँ सुन्दै हुनुहुन्छः

विवेकको मत प्रदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले संविधान निर्माणपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा आफ्नो अमूल्य मत प्रदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएकाले कसैको लोभ लालचमा नफसी विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

भोलि हुने निर्वाचनमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको भन्दै प्रमुख आयुक्त थपलियाले मतदान सकिए लगत्तै सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गरिने जानकारी दिनुभयो ।

यसैगरी निर्वाचन आयोगले भोलि उपत्यकाभित्र नेपाल सरकार र प्रदेश सरकारका आधिकारिक निकाय (सूचना विभाग) बाट जारी भएको प्रेस पासका आधारमा सञ्चारकर्मीहरूको सवारी आवागमनलाई सञ्चालन गर्न दिने भएको छ ।

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रेस पास नभएका सञ्चारकर्मीलाई सम्बन्धित सञ्चार गृहको आधिकारिक पत्रमार्फत प्रमुख जिल्ला अधिकारीले प्रदान गर्ने सवारी अनुमति पत्रका आधारमा सञ्चालन गर्न दिइने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button