धनुषामा मतदान केन्द्रको व्यवस्थापन हुँदै

जनकपुरधाम । भोलि हुने स्थानीय तहको चुनावका लागि धनुषामा मतदान केन्द्रको निर्माणको काम भइरहेको छ ।
मतदान केन्द्रमा महिला तथा पुरुषको रो छुट्याएर व्यवस्थापन भइरहेको छ । खास गरेर मतदानका लागि कतिपय ठाउँमा टेन्टको निर्माणको काम भइरहेको छ ।
मौसम खराब हुने सम्भावनालाई दृष्टिगत गरेर टेन्टको व्यवस्थापन गर्नका लागि आयोगले भनेको छ ।
निर्वाचन आयोगले मतदान केन्द्र व्यवस्थापनका लागि प्रदान गरेको रकमभन्दा पनि कतिपय मतदान अधिकृतले बढी खर्च गरेर धनुषामा सुरक्षित मतदानका लागि मतदान केन्द्रको व्यवस्थापन गर्ने काम गरिरहनुभएको छ ।
धनुषा जिल्लामा ३ सय २७ मतदान स्थलमा ५ सय ९६ मतदान केन्द्र रहेका छन् ।
साँझसम्ममा सबै मतदान केन्द्रको निर्माण गर्ने काम सम्पन्न भइसक्ने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्