तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका सबै मतगणना स्थलमा सिसी क्यामेरा जडान

बझाङ ।  स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सिसी क्यामेरा जडान गरिएको छ । 

बझाङ जिल्लाको १२ वटै मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको हो । 

निर्वाचन आयोगले मतगणना स्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मत गणना स्थलमा सिसी क्यामेरा जडान गरेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिनुभयो । 

जयपृथ्वी नगरपालिकाको मतगणना जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ११ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । 

जिल्लामा २ नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका रहेका छन् । जसमा ९४ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १८ वटा राजनीतिक दलले भाग लिएका छन् । 

जिल्लामा निर्वाचनका लागि ४ सय ९४ पदका लागि १ हजार १९३ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा ९ जना निर्विरोध भइसकेका छन् । 

अब ८ सय ८५ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा १ लाख २२ हजार १३७ मतदाता रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button