मतदातालाई धाक धम्की, लोभ र भनसुनमा नपरी, आफ्नो विवेक प्रयोग गर्न आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले वैशाख ३० गतेको निर्वाचनमा सम्पूर्ण मतदातालाई निर्वाचन केन्द्रमा गई मतदान गर्न आव्हान गर्नुभएको छ ।
एक भिडियो सन्देश प्रदान गर्नुहुँदै उहाँले मतदान गर्नु हामी सबैको संवैधानिक अधिकार र कर्तव्य भएको बताउनुभएको हो । यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले सबै काम छाडेर स्थानीय तहको निर्वाचनमा मतदान गर्न सबै मतदाताहरूलाई अनुरोध गर्नुभएको छ ।
आज एक भिडियो सन्देश दिनु हुँदै सभामुख सापकोटाले मतदान गर्दा कसैको डर, धाक धम्की, लोभमा नपर्न आग्रह गर्नुभएको हो । यसैबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरिब देशका धनी जनप्रतिनिधि भनेर चिनिनेलाई नभई धनी देशका गरिब जनप्रतिनिधि भनेर चिनिनेलाई मतदान गर्न आग्रह गर्नुभएको छ । मतदान गर्दा कसैको धाक धम्की, लोभ र भनसुन नपरी आफ्नो विवेकको प्रयोग गर्न उहाँले सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्