तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

डोटी ।डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस जिल्लाको पुर्बिचौकी गाउँपालिका ४ सानागाँउमा दुर्घटनामा परेको हो ।

सानागाँउ प्रहरी चौकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बस सडकबाट करिब ३०-४० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरूको नेपाली सेना प्राथमिक उपचारसहित खटिएको निर्वाचन सुरक्षा टोलि, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।

घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको भैरवप्रसाद गणको सह सेनानी सौरभ चौधरीले जानकारी दिनुभयो ।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र गम्भीर घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button