तपाईँ सुन्दै हुनुहुन्छः

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

काठमाडौँ । पर्सि हुने स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचय–पत्र नभए पनि परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय निर्वाचन आयोगले गरेको छ ।

फाइल तस्बिर

आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button