तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता परिचयपत्र वितरणको कार्य जारी: आयोग

काठमाडौं । निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमा भोलिसम्म नयाँ मतदाताहरूका लागि मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा दिने काम भइरहेको जनाएको छ ।

file photo

२१ हजार ९ सय ५५ मतदान केन्द्रमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लगायतका टोलीले मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा प्रदान, सर्वदलीय बैठक बसेर मतदान प्रतिनिधिहरूको नामावली माग्ने लगायतका कार्य भएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य गरे/नगरेको अनुगमन जारी राखेको, सामाजिक सञ्जालमा साइबर ब्युरोले अनुगमन गरिरहेको सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

मौन अवधिमा भएका आचारसंहिता उल्लङ्घनलाई गम्भीरताका साथ लिँदै तहगत संयन्त्रलाई सक्रिय बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

७ सय ५३ वटा स्थानीय तहबाट ३५ हजार २ सय २१ प्रतिनिधि चयनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले पर्सी हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button