सुनसरीमा मतदान स्थलबाटै मतदाता परिचय पत्र वितरण गरिँदै
आशिष कुमार यादव सुनसरी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि सुनसरीमा आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै छ ।
जहाँको मतदाता हो त्यही मतदान स्थलबाट आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय कुमार मिश्रले बताउनुभयो ।
मतदाता परिचय पत्र हराएर निवेदन दिएकाहरू, नयाँ मतदाता नामावलीका लागि फोटो खिचाएकाहरूलाई आज र भोलि मतदान हुने केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गरिने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्