काठमाडौँमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।
उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिराहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ती तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलवार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रमा पाटन अस्पतालमा मृत्यु भएको हो ।
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्