जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नियमित सेवा आजदेखि तीन दिन बन्द
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज (वैशाख २७ गते)देखि नियमित सेवा बन्द गरिएको जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि ३ दिन मात्रै बाँकी रहेकाले कर्मचारी मतदान केन्द्रहरूमा खटिई जानुपर्ने भएकाले ३० वैशाख सम्म सेवा बन्द गरिएको प्रशासनले जनाएको हो ।
प्रशासनले सूचना जारी गर्दे नागरिकता प्रमाणपत्र, नाबालिग परिचय पत्र, पेन्सन, राष्ट्रिय परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्बन्धी कार्य तीन दिनका लागी स्थगित गरिएको जनाएको छ ।
निर्वाचन पछि जेठ १ गतेदेखि भने सेवा पुनः नियमित रुपमा सञ्चालन गरिने प्रशासनले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्