तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

बैतडी । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित बैतडीको पाटन नगरपालिका वडा न.१ का वडाध्यक्ष गणेश भट्टराई नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 

उनले आफ्नो कार्यकालको उत्तरार्धमा पार्टी परित्याग गरेका हुन् । यसअघि माओवादी केन्द्रमा आबद्ध भट्टराईले आसन्न निर्वाचनको मौन अवधि सुरु भएपछि पार्टी परित्याग गरेका हुन् । 

उनलाई एमाले प्रदेश कमिटी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद दामोदर भण्डारीले पार्टीमा स्वागत गरेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button