तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

सोल। दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताउनुभएको हो । उहाँले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा राख्नुभएको हो ।

सोमबार दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा भएको उहाँको सपथ समारोहपछि त्यहाँ उपस्थित भएका सम्वाददाताहरुसँग उहाँले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताउनुभएको हो ।यहाँका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको छ– हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । उहाँले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्धीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताउनुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button