तपाईँ सुन्दै हुनुहुन्छः

विकासका कार्यमा आफु सदैव लाग्ने : प्रधानमन्त्री

धनगढी ।  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार विकास लगायतका क्षेत्रमा आफू लागिपरेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले सुदूरपश्चिम जोड्ने २२ वटा पुल निमार्ण गरेको बताउनुहुँदै विकासका कार्यमा आफु सदैव लाग्ने बताउनुभयो ।

उहाँले खुटीया दिपायल फाष्ट ट्र्याक निर्माणदेखि बझाङ हुँदै तिब्बतसम्म जोड्ने सडक निमार्ण गरिने सरकारी योजना रहेको बताउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button